• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यसरि भयो डिनमा शर्माको पुर्नबहाली

January 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरि भयो डिनमा शर्माको पुर्नबहाली

हेल्थ टुडे,

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशि शर्मा चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाल भएका छन् । उनलाई कानुनविपरीत बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्च अदालतले आइतबार पुनर्बहाली गर्न आदेश दिएको हो ।

चारवर्षे पदावधिका कारण आगामी बिहीबार उनको पदावधि सकिँदै छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले सर्वोच्च अदालतले आइतबार शर्मालाई बर्खास्त गर्ने त्रिविको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिदिएको हो । पुस २७ गते सार्वजनिक बिदा भएकाले शर्माको कार्यकाल ३ दिन बाँकी छ ।

‘२०७० साल पुस २५ गतेको निर्णयअनुसारको निर्णय बदर गरी राकेश श्रीवास्तवलाई नियुक्त गरिएको कार्य,’ सर्वोच्चको संक्षिप्त आदेशमा भनिएको छ, ‘कानुन, विधि र प्रक्रियामा नगरिएका कार्यलाई निषेध गरी कानुनको शासन कायम गर्ने काममा अदालतको प्रमुख दायित्व भएकाले न्यायका मूल्यमान्यताविपरीत भएका कामकारबाहीमा विस्तृत तवरबाट निर्देशनात्मक आदेश जारी गरिएको छ ।’ शर्मालाई त्रिवि कार्यकारी परिषद्ले २०७० पुस २६ गते नियुक्त गर्ने निर्णय थियो । निर्णयको पर्सिपल्ट उनी नियुक्त भएकाले चारवर्षे कार्यकाल आगामी बुधबार सकिँदै छ । सर्वोच्चले ४ दिन कार्यकाल बाँकी भएका शर्मालाई बहाल हुन चाहेमा बहाल हुनु भनी आदेश दिनुका साथै तत्कालीन डिन राकेश श्रीवास्तवको नियुक्तिसमेत बदर गरिदिएको छ ।
कनिष्ठलाई डिन नियुक्त गरिएको र सम्बन्धनको खेल भएको भन्दै डा. गोविन्द केसीले थालेको अनशनले चिकित्सा क्षेत्र आन्दोलित भएपछि तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष एवं त्रिवि कुलपति खिलराज रेग्मीले शर्मालाई बर्खास्त गर्न निर्देशन दिएका थिए । त्यसविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट हालेका थिए । शर्माको कार्यकाल सकिएपछि डिनको व्यवस्थापनबारे अन्योल देखिएको छ ।
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेवि संघद्धारा नि:शुल्क स्वास्थ्य बिमाको माग
Next article अदालतको आदेश विरुद्ध डा.केसीअनशनमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132320
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web