• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सामग्री नहुँदा जिल्ला अस्पतालको सेवा प्रभावित

March 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सामग्री नहुँदा जिल्ला अस्पतालको सेवा प्रभावित

हेल्थ टुडे,
चौतारा,२९ फागुनः स्वास्थ्य सामाग्रीको अभावमा  सिन्धुपाल्चोक जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । एक मेडिकल सुपरिटेन्डेन्ट र दुई मेडिकल अधिकृतसहित तीन दरबन्दी रहेको जिल्ला अस्पताल चौतारामा हाल सात जना डाक्टर कार्यरत छन् । तर, स्वास्थ्य सामग्री अभावले उपचार प्रभावित हुने गरेकोे छ ।

एक्सरे मेसिन बिग्रिएको छ भने सरकारले आवश्यक औषधि समयमै नपठाउँदा बिरामीलाई धुलिखेल वा काठमाडौं रिफर गर्नुपर्ने अस्पतालको बाध्यता छ ।  आवश्यक सामाग्री अभावकै कारण सुत्केरी गराउँदा हुने अप्रेसनबाहेक अरू अप्रेसन सेवा अस्पतालले दिन सकेको छैन । पुराना सामग्री काम नलाग्ने भइसकेकाले अन्य रोगको अप्रेसन बन्द गरिएको त्यहाँ कार्यरत चिकित्सक बताएका छन् ।

नियमले जिल्ला अस्पताल १५ शैय्याको हो । तर, बिरामीको चाप बढी रहेकाले ३४ शैय्याको बनाइएको छ । सरकारले सर्वसाधारणलाई निःशुल्क दिने ७० प्रकारका औषधि समेत सकिन लागेका छन् । औषधि किन्न बजेट छैन । जिल्ला अस्पताललाई कुनै अख्तियारी पनि दिइएको छैन ।

निःशुल्क दिइने औषधिको बजेट नगर र गाउँपालिकालाई पठाइएकाले समस्या परेको हो । जिल्लाका १२ वटै स्थानीय तहले ढिलो गरी औषधि खरिद गर्न जिल्ला अस्पताल र स्वास्थ्यचौकीलाई बजेटको अख्तियारी पठाएका छन् । जसकारण आजसम्म औषधि खरिद प्रक्रिया अगाडि बढेको छैन ।

जिल्ला जनस्वास्थ्यका सिन्धुपाल्चोक नायब सुब्बा शंकर दाहालका अनुसार निःशुल्क पाइने कतिपय औषधि सकिएकाले बिरामीले अस्पतालको फार्मेसी र विभिन्न मेडिकलबाट किनेर सेवन गरिरहेका छन् । जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि निःशुल्क वितरण गरिने औषधिको अभाव छ । ती स्वास्थ्य संस्थाले सरकारले दिने ३५ मध्ये ३० औषधि निःशुल्क वितरण गर्दै आएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विश्व मृगौला दिवसको अवसरमा स्टार हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ५ सय भन्दा बढीले लिए सुविधा
Next article चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132669
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web