• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुरक्षित सुत्केरीको लागि नगरपालिकाद्वारा जनचेतना अभियान सञ्चालन

May 2nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुरक्षित सुत्केरीको लागि नगरपालिकाद्वारा जनचेतना अभियान सञ्चालन

हेल्थ टुडे,
जुम्ला,१९ बैशाखः जुम्लाको चन्दननाथ नगरपालिकाले गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा सुत्केरी गराउन जनचेतना अभियान सुरु गरेको छ । नगरपालिकाले अस्पतालमै सुत्केरी गराउनुपर्ने, चार पटक गर्भजाँच गर्ने र स्वास्थ्यकर्मीको आवश्यक सल्लाह सुझावका लागि जनचेतना अभियान सुरु गरेको हो ।

चन्दननाथ नगरपालिकाको आयोजना र ब्रेक थ्रो एक्सनको सहयोगमा सुरक्षित मातृत्वको लागि अभियान सञ्चालन गरिएको हो । अभियानमा गर्भवतीको भेला, गर्भवती परीक्षण, सरसफाई, जन्मान्तर, परिवार नियोजनसम्बन्धी जानकारी गराइने छ ।

नियमित रुपमा गर्भवती जाँच तथा संस्थागत सुत्केरी बढाउँदै कार्यक्रम प्रभावकारी बनाउन आमा समूह बैठक, घरदैलो भेटघाट, गर्भवती भेला लगायतका कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ ।

घरमा सुत्केरी हुँदा आमा तथा नवजात शिशुको स्वास्थ्य जोखिम नहोस भनेर गर्भवतीलाई संस्थागत सुत्केरी हुन प्रेरित गर्न स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको सक्रियतालाई बढाइएको हो ।

यसैबीच, चन्दननाथ नगरपालिकाका वडाभरी रहेका ५० जना गर्भवती महिलालाई सरसफाई किट्स वितरण गरिएको छ । बुहक्षेत्रीय पोषण कार्यक्रमको सहयोग र नगरपालिकाको समन्वयमा साबुन, नेलकटर, ब्रस, टुथपेस्ट लगायतका सामाग्री वितरण गरेको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्षयरोगबाट नेपालमा वर्षेनी सात हजार मानिसको मृत्यु
Next article वरिष्ठ स्वास्थ्य पत्रकार मिश्रलाई पितृ शोक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133106
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web