• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

स्वास्थ्य क्षेत्रमा महिलाको दरिलो पकड

January 3rd, 2020 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य क्षेत्रमा महिलाको दरिलो पकड

हेल्थ टुडे, सम्पादकिय :
समाजका हरेक तह र तप्कामा महिलाको सहभागिता आधा हुनुपर्छ भन्ने मुद्दा लामो समयदेखि बहसमा छ । तर नेपालमा सबै क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता समेत हुन सकेको छैन । संसद् र स्थानीय निकायमा कम्तीमा पनि ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएकाले त्यहाँ महिला सहभागिता देख्न सकिन्छ । तर त्यो बाध्यात्मक व्यवस्था भएकाले मात्र सम्भव भएको हो । देशभरिका ९५ प्रतिशत नगरपालिका र गाउँपालिकामा महिलाको सहभागिता उपप्रमुख वा वडा सदस्यहरूमा मात्र सीमित रहेको देखिन्छ । निजामती सेवामा महिलाको संख्या १० प्रतिशतभन्दा बढी पुग्न सकिरहेको छैन । बंैकिङ र शिक्षण पेसामा महिला सहभागिता आशाप्रद भए पनि नेपाल प्रहरी र नेपाल आर्मीमा भने न्यून छ । जनसंख्याको आधाभन्दा बढी संख्या महिला भएको हाम्रो देशमा अधिकांश क्षेत्रमा महिलाको सहभागिता न्यून छ ।
तर स्वास्थ्य क्षेत्रमा भने महिलाको दरिलो सहभागिता छ । देशभरिका हरेक नगरपालिका, गाउँपालिकाका प्रत्येक वडामा महिला स्वास्थ्य स्वयम्सेविका कार्यरत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार अहिले देशभरि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका सेवारत छन् । तलब नलिएर स्वास्थ्य सेवा प्रदान गरिरहेको यो तालिम प्राप्त जनशक्ति हो । यसकै बलमा नेपालमा अधिकांश स्वास्थ्यका कार्यक्रम ग्रामीण स्तरसम्म पुग्न सकेका छन् । नेपालमा स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिका पछाडि उनीहरूको ठूलो योगदान छ । यसैगरी दन्त चिकित्सा पेसामा पनि महिला चिकित्सकहरूको दरिलो उपस्थिति छ ।
दन्तचिकित्सा नै एउटा यस्तो क्षेत्र हो, जसमा महिलाले अस्पताल, डेन्टल कलेज र घरपरिवार समेतमा काम गर्न सक्छन् । सुरुमा काम महत्वका रूपमा हेरिने दन्त चिकित्साको बजार पछिल्लो समयमा नेपालमा पनि फराकिलो बन्दै गएको छ । दन्त चिकित्साशास्त्र पढाउने करिब एक दर्जन कलेज र सयौंको संख्यामा अस्पतालमा महिलाको संख्या बढ्दै गएको छ । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार नेपालमा दन्त चिकित्सकहरूमध्ये करिब ८० प्रतिशत महिला छन् । घरपरिवार, पेसा र करिअरलाई सँगै अगाडि बढाउन सकिने भएकाले दन्त चिकित्सामा महिला आकर्षण बढ्दै गएको पाइन्छ ।
दन्त चिकित्साबाहेक महिला चिकित्सकको बाहुल्य भएको क्षेत्र हो, स्त्री तथा प्रसूति चिकित्सक । नेपालमा कार्यरत स्त्री तथा प्रसूति रोग विज्ञहरूमध्ये ९० प्रतिशत महिला छन् । स्त्री तथा प्रसूति विशेषज्ञ समाजका अनुसार देशभरि चार सयको संख्यामा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञमध्ये साढे ३ सय महिला छन् । महिलाको समस्यालाई नजिकबाट बुझ्न सजिलो हुने र कुरा नलुकाई भन्न सकिने भएकाले महिलाका लागि सकभर महिला चिकित्सक नै सहज हुने गरेको सेवाग्राही बताउँछन । देशभरिका सरकारी र निजी क्षेत्रका अस्पतालहरूमा गरी १० हजारभन्दा बढी नर्स कार्यरत छन् । यसबाहेक प्यारामेडिक्समा पनि महिलाको उपस्थिति बलियो छ । स्वास्थ्यमा महिलाको उपस्थिति बलियो हुनुलाई सकारात्मक मान्नुपर्छ । अघिल्लो वर्षदेखि प्रदेश नम्बर ३ ले एक विद्यालय एक नर्स कार्यक्रम लागू गरेको छ । यसले स्कुलदेखि नै विद्यार्थीहरूले स्वास्थ्य चेतना र स्वास्थ्य सेवा पाउनेछन् । यसले भविष्यमा गएर स्वस्थ्य समाज निर्माणमा ठूलो सहयोग पुग्नेछ । अन्य प्रदेशहरूले पनि एक स्कुल एक नर्स कार्यक्रम लागु गर्न ढिला गर्नु हुँदैन । सरकारले पनि स्वास्थ्य क्षेत्रमा महिला जनशक्तिले पु¥याइरहेको सेवालाई चिन्न सक्नुपर्छ । उनीहरूलाई उत्प्रेरणा दिने कार्यक्रम अगाडि बढाउनु पर्छ । त्यसपछि मात्र स्वस्थ्य समाजको निर्माण हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दोश्रो मेडिकल टुरिजम एशिया समिट २०१९ सम्पन्न
Next article डा. अवस्थी तपाईं बेवकुफ हो !

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131976
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web