• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

आनन्दकालागि मात्र हो त स्पा ?

December 3rd, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आनन्दकालागि मात्र हो त स्पा ?

नेत्रप्रसाद घिमरिया

स्पा भन्नाले प्राकृतिक रूपमा गरिने उपचार पद्धतिलाई बुझाउँछ । स्पा रोगीलाई निरोगी बनाउने विधिमात्र होइन, यो मानव शरीरलाई रोगमुक्त राख्ने कला पनि हो । स्पाले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गराई शरीरलाई रोगमुक्त राख्न सहयोग गर्दछ । स्पा उपचारभित्र धेरै किसिमका विधिहरू भएका हुँदा व्यक्तिको  अवस्था र आवश्यकताअनुसार उपचार गरिन्छ । त्यसका अतिरिक्त आज आएर स्पा व्यवसाय नेपालका लागि राम्रो रोजगारको क्षेत्रका रूपमा समेत स्थापित भइसकेको छ भने अर्कातिर यो आकर्षक पर्यटन व्यवसायका रूपमा समेत फस्टाइरहेको छ । स्पा आनन्दका लागि भन्दा पनि स्वास्थ्यका लागि प्रमुख हो भन्ने बुझ्नु जरुरी हुन्छ । भोलिका दिनमा डरलाग्दा नसर्ने रोग नलागुन् भन्नका लागि नियमित रूपमा स्पा जान नभ्याए पनि हप्तामा एक पटक जानु राम्रो मानिन्छ । यसले रोकथामको भूमिका निर्वाह गर्दछ । यसले प्रिभन्सन र प्रोमोसनमा मुख्य भूमिका खेल्दछ । आरामदायी वातावरणमा उपचार गर्न चाहनेहरूका लागि सुविधा सम्पन्न स्पा होमहरू ठाउँठाउँमा खुलेका छन् । हालै डब्लूएचओले नसर्ने रोगहरूबाट मर्ने मानिसहरूको संख्या धेरै भएको तथ्यांक सार्वजनिक गरेको छ । यसमा पनि मृत्युको मुख्य कारक मुटु रोगलाई मानिन्छ । कोलेस्टोटेल बढ्ने, डाइबिटिज हुने, प्रेसर बढ्ने आदि समस्या कम गर्न स्पाले राम्रो सहयोग गर्न सक्दछ ।

स्पा जानुपूर्व जान्नै पर्ने कुरा

सर्वप्रथम कुन प्रकारको स्पामा जाने हो पहिले निश्चित गर्नु पर्दछ । जस्तै डे स्पा, मेडी स्पा, क्लव स्पा आदिमा जाने भए सोहीअनुसारको योजना बनाउनु पर्दछ । त्यसपछि कुन सर्भिस लिन जाने हो त्यसको जानकारी हुनु पनि अति आवश्यक मानिन्छ । स्पा लिनुअघि स्पा विशेषज्ञको सल्लाह लिनु पर्दछ । विशेषज्ञले आनीबानी हेरेर सुहाउँदो सेवा रिफर गर्दछन् । सरुवा रोग लागेको वा ज्वरो आएको छ भने स्पामा जानु हुँदैन । शरीरभित्र कृत्रिम अंग प्रत्यारोपण गरिएको छ तत्काल अपरेसन गरिएको छ वा शरीरको कुनै अंग टुटफुट भएको छ भने स्पा जानुपूर्व सल्लाह लिनुपर्दछ । महिलामा महिनावारी वा गर्भावस्थाको समयमा कतिपय सर्भिसहरू लिन उपयुक्त नहुन सक्दछन् त्यसैले विशेषज्ञको सल्लाहबमोजिम स्पा लिनु राम्रो मानिन्छ । खाना खाएको घन्टाभित्र र बढी भोकाएको अवस्थामा स्पा लिनु हुँदैन । सोना स्टिम तथा ज्याकुजी लिनुअघि प्रशस्त मात्रामा पानी पिउनु पर्दछ । स्पा जानुअघि आवश्यक सामान र अन्डर गार्मेन्ट तयारी अवस्थामा राख्नुपर्दछ । भरसक आफ्नै टाबेल प्रयोग गरी नयाँ भित्री कपडा फेर्नु उपयुक्त मानिन्छ ।

स्पा अन्तर्गत पर्ने केही उपचार पद्धतिहरू

१.     शिरोधार : यो एउटा छुट्टै खालको प्राकृतिक उपचार पद्धति हो । यसमा विशेष आयुर्वेदिक तेललाई सहन सक्नेगरी तातो गरेर निश्चित समयावधि भित्र निधारको बीच भागमा तेलको धारा दिइन्छ । यसबाट विभिन्न किसिमका शारीरिक थकाइ र मानसिक तनावहरूबाट उन्मुक्ति पाउन सकिन्छ ।

२.     बडी स्कव : यसलाई हाम्रो शरीरको महत्वपूर्ण भाग छालालाई स्वस्थ राख्नको लागि बढी प्रभावकारी आयुर्वेदिक उपचार पद्धति मानिन्छ । यसले छालामा भएको विकारहरूलाई हटाउने र छालालाई पोषण तत्व प्रदान गर्दछ । यसको लेप कफी, मह, दूध, जैतुनको तेल, धानको पीठोद्वारा तयार पारिन्छ । लेपलाई शरीरको सम्पूर्ण भागमा लेपन गरी हल्का मालिस गरिन्छ ।

३.     हट स्टोन थेरापी : यो एउटा छुट्टै र पाँच हजार वर्ष पुरानो चिनियाँ उपचार पद्धति हो । यसले शारीरिक थकाइ कम गर्नका साथै शरीरलाई शक्ति प्रदान गर्दछ । निश्चित प्वाइन्टहरूमा पानीमा उमालेको तातोढुंगाले दबाब दिएर उपचार गरिने हुँदा यो एकदमै आनन्ददायी र फाइदाजनक छ ।

४.     सोना बाथ : यो विशेष किसिमले डिजाइन गरिएको सुक्खा तापक्रम दिने काठको कोठा हो । यो स्वास्थ्य र स्नानको लागि लोकप्रिय छ । यसले बढी पसिना निकाल्नुका साथै छालामा भएका विकास वस्तुलाई बाहिर निकाल्न र जोड्नीको समस्यालाई समेत समाधान गर्न सहयोग गर्दछ ।

५.     आयुर्वेदिक मालिस : यो परम्परागत प्रविधिद्वारा मालिस गरिने पद्धति हो । स्थानीय क्षेत्रमा उत्पादित जडीबुटीको आयुर्वेदिक तेल लगाएर दर्द भएको मांसपेशी र जोड्नीहरूमा मालिस गरिन्छ । यसले मांसपेशी, हड्डी र नसाहरूलाई मजबुत बनाउनुका साथै विभिन्न प्रकारका नसर्ने रोगहरूबाट बच्न सघाउ गर्दछ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ब्लड प्रेसर छ भने यसो गर्नुस्  
Next article जिल्ला अस्पतालमा विरामी भन्दा गोरुहरुको भिड

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134410
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web