जीना श्रेष्ठ, (मिस नर्स २०१८ सेकेन्ड रनरअप),
कस्तो छ हाम्रो स्वास्थ्य अवस्था ? के हाम्रा क्रियाकलाप हाम्रो स्वास्थ्यको लागि जिम्मेवार छैनन् र ? किन दिनप्रतिदिन मधुमेह, उच्च रक्तचाप, मुटुरोगको संक्रमण बढ्दै छन ? यी प्रश्नहरुमा हामीले कहिल्यै ध्यान केन्द्रित गरेका छौ त ?
शारीरिक, मानसिक, समाजिक र आध्यात्मिक रुपमा स्वस्थ्य रहनु नै स्वास्थ्य हो । एक्काइसौं शताब्दीमा वैज्ञानिक, आधुनिक, संघर्षरत र प्रतिस्पर्धी दिनचर्याका कारण स्वास्थ्यमा जोखिम बढ्दै गइरहेको छ । निस्क्रिय जिवनशैली (मोटोपन, मध्यपान र धुमपान सेवन) असन्तुलित खानपान, प्रदुशण, वैज्ञानिक आधुनिकीकरण, शहरीकरण, जथाभावी औषधिको सेवनको दुरुपयोग जस्ता मानविय क्रियाकलापहरुले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर पर्दै गइरहेको छ । यस्ता हानिकारक क्रियाकलापले मधुमेह, उच्च रक्तचाप, मिर्गौला, फोक्सो र कलेजोका रोगहरु अस्वभाविक रुपमा बढ्दै छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक ( सन् २०१६ ) अनुसार कुल जनसंख्याको ३.१५ प्रतिसतमा मधुमेहको समस्या छ भने ४४ प्रतिसत युवा उच्च रक्तचापको जोखिममा छन् । यी जोखिममा रहेका युवाहरुमध्ये हामी पनि हुन सक्छौ ।
हाम्रो स्वास्थ्य हाम्रै हातमा हुन्छ । व्यस्त जिवनशैलीमा पनि स्वास्थ्यको ख्याल गरौ । स्वस्थ्य रहन हामीले हाम्रो जिवन शैलीमा परिवर्तन ल्याउनै पर्छ । निम्न कुरामा ध्यान दिन सकिए हामी स्वस्थ्य रहन्छौ ।
१. हरेक दिन कम्तिमा आधा घण्टा सक्रिय व्यायाम गरौ ।
२. प्रत्येक दिन करिव ३ लिटर पानी पिउने गरौ ।
३. मध्यपान र धूमपानबाट टाढै बसौ ।
४. जथाभावी दुखाई कम गर्ने औषधि सेवन नगरौ ।
५. सन्तुलित भोजन खाऔ ।
६. वातावरण प्रदुशण आफू पनि नगरौ अरुलाई पनि गर्न नदिऔ ।
७. हरेक ६ महिनामा स्वास्थ्य जाच गराऔ ।
Leave a Reply