• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

गर्भमा नौ महिना बच्चालाई कसरी हुर्काउने

February 13th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्भमा नौ महिना बच्चालाई कसरी हुर्काउने

सन्ध्या केसी,

महिलाको महिनावारी रोकिएर गर्भ रहेदेखि नै बच्चाको विकासको प्रक्रिया सुरु हुन्छ । गर्भ रहेको चारदेखि ६ हप्तामा बच्चाको सबै अंगहरूको प्रारम्भिक खाका तयार भइसकेको हुन्छ । पाँचौं हप्तामा उसको सानो मुटु निर्माण हुन्छ । छैटौं हप्तामा मुहारको आकृति बन्न सुरु हुन्छ भने आठौं हप्ता अर्थात् दुई महिना पुग्दासम्म हात र गोडाको आकार पनि बनिसकेको हुन्छ । यो समयमा आमाले चाल नपाउने गरी बच्चा चल्न ेपनि हुन्छ । बाह्रौं हप्तासम्म मस्तिष्क, कलेजोलगायतका अंगहरूले काम गर्न थालिसकेका हुन्छन् । दुई, तीन इन्चको भए पनि यतिखेरको गरिने चेकअपमा उसको मुटुको ढुकढुकी सुन्न सकिन्छ । यसरी हेर्दा पहिलो तीन महिनामा बालबालिकाको भ्रूणको विकास मानिसमा हुन्छ ।

त्यसैले पोषणको सुरुआत महिला गर्भवती हुने बेलादेखि नै सुरु हुन्छ । गर्भवती भइसकेपछि एकातिर हर्मोनमा आउने परिवर्तन, अर्कोतर्फ पेटमा बच्चाको विकासले गर्दा महिलालाई झन् बढी स्याहार र उचित सुसारको आवश्यकता पर्दछ । यो पहिलो तीन महिनामा पेटमा शिशुका अंगहरूको विकास भइरहेको हुन्छ, त्यसैले सोही अनुरूप गर्भवती महिलाको स्याहार आवश्यक हुन्छ । त्यसै पनि शरीरमा आलस्य हुने, निद्रा लाग्ने, रिंगटा, वाकवाकी हुने जस्ता समस्या उनीहरूले झेलिरहेका हुन्छन् । त्यसमा उनीहरूको शरीरले उपयुक्त आहार पाएनन् भने यसको असर बच्चामा पर्दछ । चिकित्सकहरूले गर्भवस्था सुरु हुनुअगावैदेखि फोलिक एसिड अर्थात् भिटामिन बी खाने, पातहरू भएको तरकारी, सुन्तलाको रस, सोयाबिन (सिमी), पर्याप्त मात्रामा झोल पदार्थ खुवाउने, पानीको सेवन बढी गर्ने, पर्याप्त आराम दिने, उपलब्ध हुने फलफूल, गेडागुडीको रस खुवाउने सल्लाह त्यसै दिएका होइनन् । यसैगरी रक्सी, चुरोट, अत्यधिक चिया या कफीजस्ता कुरा सेवन नगर्ने पनि सल्लाह दिइन्छ । यो आमाका लागिमात्र नभएर पेटमा हुर्किरहेको बच्चाका लागि पनि हो ।

यसरी नौ महिना गर्भमा रहँदा गरिने प्रारम्भिक स्याहार र पोषणले स्वस्थ्य शिशु जन्माउन मद्दत गर्छ । गर्भावस्थाको पहिलो तीन महिनामा आवश्यक चिकित्सकीय जाँचहरू अनिवार्यरूपमा गर्नुपर्दछ । नौ महिनामा कम्तीमा पनि चारपटक स्वास्थ्य संस्थामा गई जाँच गराउनु जरुरी हुन्छ । आमाबुवालाई केही संक्रामक रोग भएमा शिशुमा पनि त्यो सर्ने सम्भावना बढी हुन्छ, त्यसैले मधुमेह, एचआईभी, हेपाटाइटिसलगायत चिकित्सकले सल्लाह दिने जाँचहरू गर्नुपर्दछ । अहिले सरकारी निकायमा कतिपय यी जाँचहरू निःशुल्क पाइन्छन् । तर चिकित्सकको सल्लाह बिना कसैले भनेको आधारमा औषधि या जडीबुटी या अन्य आयुर्वेदका नाममा दिइने औषधिहरू खानु हुँदैन ।

के देखिन्छ भने नेपाली समाजमा गर्भावस्थालाई त्यति ठूलो स्याहार गर्नुपर्ने समयका रूपमा हेरिँदैन । अझ ग्रामीण क्षेत्रमा त उनीहरूलाई अन्य महिलासरह नै व्यवहार गरिन्छ । स्वयम् गर्भवती महिलाले पनि आफू र आफ्नो पेटमा रहेको शिशुको स्वास्थ्यको वास्ता नगर्ने स्थिति पनि हुन्छ । तर भविष्यमा निरोगी बच्चा निर्माण गर्न, बच्चा जन्मिसकेपछि अस्पतालको चक्कर लगाउनुपर्ने अवस्थाबाट मुक्ति पाउन, आमा र बच्चाको असामयिक मृत्यु जोगाउन र प्रसव व्यथा तथा प्रसवका समयमा हुने अप्ठ्यारोबाट जोगाउन पनि यी नौ महिना निकै महत्वपूर्ण हुन्छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेहबाट बच्ने यी हुन ५ फर्मुला
Next article कसरी संभव छ सुरक्षित यौन जिवन

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web